काठमाडौं, १२ असोज । ट्राफिक प्रहरीले‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम सुरु गरेको छ । ट्राफिक प्रहरीले आइतबार राजधानीको नयाँ बसपार्कबाट दशैंका यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित फूलको माला र खादा लगाएर सम्मान गरेको हो ।
प्रहरी महानिरीक्षक खनालले चालक तथा सहचालकहरुलाई जिम्मेवारीपूर्वक सवारी साधन चलाउन पनि सचेत गराउनु भयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले सुरक्षित यात्राको सुनिश्चितताका लागि प्रहरी प्रधान कार्यालयको निर्देशनमा दशैं लक्षित ‘सुरक्षित यात्राको शुभकामना कार्यक्रम’ देशभर संचालन गरिएको जानकारी दिनु भयो ।
ट्राफिक प्रहरीले दशैंको पहिलो दिन आइतबारबाट सुरु गरेको सो अभियान देशभर ३ दिनसम्म संचालन हुनेछ ।