चीनमा जस्तो शासन व्यवस्था नेपालमा ल्याउन दिन्नौं : खाँड | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

चीनमा जस्तो शासन व्यवस्था नेपालमा ल्याउन दिन्नौं : खाँड

balkrishna khad

काठमाडौं, ८ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ नेकपाले संवैधानिक व्यवस्थामाथिनै प्रहार गरिरहेको आरोप लगाउँदै मान्य नहुने चेतावनी दिनु भएको छ ।

प्रमुख सचेतक खाँडले संघीय लोकतान्त्रिक गणतन्त्र माथिनै प्रहार हुनेगरी केपी ओली नेतृत्वको सरकारले प्रयत्न गरिरहेकाले त्यसप्रति नेपाली जनता र सबै लोकतन्त्रवादीहरुले आपत्ति जनाईरहेको दावी पनि गर्नु भयो ।

बुधबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चीनमा जस्तो शासन व्यवस्था नेपालमा ल्याउन नदिने पनि बताउनु भयो ।

प्रमुख सचेतक खाँडले अहिलेको सरकारले नेपालमा कम्युनिष्ट व्यवस्था ल्याउन अनेक अभ्यास गरिरहेको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);