एजेन्सी, ७ असोज । इन्डोनेशियाको पूर्वमा रहेको पपुवा प्रान्तमा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा २७ जनाको ज्यान गएको छ । विरोध प्रदर्शनमा उत्रेका सयौं हाइ स्कुले विद्यार्थीले भवनहरुमा लगाएको आगोका कारण २७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
शिक्षकले रंगभेदप्रति टिप्पणी गरेको भन्दै विरोध प्रदर्शनमा उत्रेका आक्रोशित विद्यार्थीहरुले पपुवा प्रान्तको वामेना र जयपुरा शहरका भवनहरुमा आगो लगाएका थिए । आगो लागेको भवनमा च्यापिएर धेरैको मृत्यु भएको हुनसक्ने इन्डोनेशिया प्रहरीले जनाएको छ ।