महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेशविन्दु : भारतसँग पुनः छलफल गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेशविन्दु : भारतसँग पुनः छलफल गर्ने तयारी

nepal nagarik uddayan pradhikaran

काठमाडौं, ७ असोज । सरकारले महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेशविन्दुका लागि भारतसँग पुनः छलफल गर्ने तयारी गरेको छ । यी दुई रूटका बारेमा यसअघि पटकपटक वार्ता भए पनि टुंगोमा नपुगिएकाले सरकारले भारतसँग कूटनीतिक पहल गर्ने भएको हो ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माणको काम अघि बढिरहेको सन्दर्भमा नेपालका लागि यी रूट अत्यावश्यक हुन् । यी रूटबाट हवाई दूरी छोटो हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

भारतसँग भएको पछिल्लो सहमति अनुसार गौतमबुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाइमा उड्ने अन्तरराष्ट्रिय जहाजका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा यही सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्याङ्कन सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, भारतको अनिच्छाका कारण यो काम अघि बढ्न सकेको छैन । खासगरी भारतले सुरक्षा चासो देखाउँदै यो रूटमा अनुमति दिन नमानेको प्राधिकरणका अधिकारीको भनाइ छ । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);