नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल कम्पनी किन भयो बन्द ? | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल कम्पनी किन भयो बन्द ?

thomas cook

काठमाडौं, ७ असोज । नेपालमा पहिलो पर्यटक भित्र्याउने ट्राभल एजेन्सी टमस कुक बन्द भएको छ। बेलायतको विश्वविख्यात ट्राभल एजेन्सी कम्पनी टमस कुक बन्द हुँदा घुमफिरमा गएका १ लाख ५० हजार पर्यटक विदेशमा अलपत्र परेका छन्।

सन् १९५५ मा रसियाली बोरिस लिसानेभिच पर्यटक भिसामा नेपाल आउने पहिलो विदेशी हुन्। बोरिसलाई तत्कालीन राजा महेन्द्रले थोमस कुकमार्फत नेपाल बोलाएका थिए। बोरिसलाई नेपालमा होटल तथा हस्पिटालिटीका ‘पायोनियर’ मानिन्छ। उनले काठमाडौंमा खोलेको होटल रोयल अन्तर्राष्ट्रिय स्तरको पहिलो होटल हो।

टमस कुकले कलकत्ताबाट नेपाल पठाएको पर्यटकको पहिलो समूहमा २० जना रहेको र अधिकांश महिला रहेको पनि उल्लेख पाइन्छ। २० मध्ये १० अमेरिकी र २ जना ब्राजिली पर्यटक थिए।

१७८ वर्ष पुरानो कम्पनीले अन्तिम समयसम्म पनि बेलायत सरकारसँग जोगाउन आर्थिक सहायता मागेको बीबीसी, द गार्जियन र रोयटर्स लगायत सञ्चारमाध्यमले जनाएका छन्। बेलायतको सिभिल एभिएसन अथारिटी (सिएए)ले तत्काल प्रभावी हुने गरी टमस कुकले कारोबार बन्द गरेको उल्लेख गरेको छ।

लिसेस्टरसायरका क्याबिनेट निर्माण गर्ने टमस कुकले सन् १९४१ मा ट्राभल कम्पनी टमस कुक एन्ड सन्स स्थापना गरेका थिए। बेलायतको मात्र नभएर यो विश्वकै पुरानो ट्राभल एजेन्सी मानिन्छ।

विदेशमा अलपत्र बेलायती पर्यटकलाई ल्याउन सिएएले ४० हवाईजहाज चार्टर गरेको बताएको छ। बीबीसीले भने आज साँझसम्ममा विदेशमा अलपत्र कम्तीमा पनि १४ हजार बेलायतीलाई ल्याइसक्ने अनुमान गरेको छ। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);