सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर संविधानको संरक्षण गर्नुपर्छ : नेम्वाङ् | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर संविधानको संरक्षण गर्नुपर्छ : नेम्वाङ्

काठमाडौं, २ असोज । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले संविधानको आधारमा उभिएर अगाडि बढ्नुबाहेक अर्को विकल्प नभएको भन्दै सफल कार्यान्वनयका लागि सहयोग गर्न सबै दलहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उहाँले प्रतिपक्ष सत्तापक्ष सबै मिलेर एकतावद्ध भएर संविधान कार्यान्वयन गर्ने सिलसिलामा अहिलेको अवस्थासम्म आईपुगेको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले सरकारले प्रतिपक्षी दललाई सम्मान गर्ने र प्रतिपक्षीका कुरालाई धैर्यताका साथ सुन्ने आश्वस्त तुल्याउनुभयो । विगतमा आफुहरुले प्रतिपक्षी दलको रुपमा भोगेका घटनाहरु अहिले पनि ताजै रहेको भन्दै त्यस्ता घटना आफुहरुले हुन नदिनेमा प्रतिवद्धता जनाउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले सरकारले प्रतिपक्षी दलले सदनमा उठाएको आवाजलाई दबाउन खोजेको, सदनबाहिर आक्रमणमा उत्रिएको दाबी गर्नुभएको थियो ।

उपनेता नेम्वाङ्गले कानुनी राज्यको अवधारण सहितको समाजवाद उन्मुख बाटोमा सरकार अघि बढेकाले संसद भित्र र बाहिर अभिव्यक्ति दिंदा संविधानका मुल्य र मान्यतामा कतै असर पर्छ कि भनेर सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

संसद कहिल्यै अवरुद्ध नहोस् भन्दा भन्दै बेला बेलामा अवरुद्ध भएको उल्लेख गर्दै उहाँले आगामी अधिवेशनबाट संसद कहिल्यै अवरुद्ध नहुने गरि विशेष व्यवस्था गरिने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);