भारतको आन्ध्र प्रदेशमा डुंगा दुर्घटना हुँदा १२ को मृत्यु, २५ बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

भारतको आन्ध्र प्रदेशमा डुंगा दुर्घटना हुँदा १२ को मृत्यु, २५ बेपत्ता

एजेन्सी, ३० भदौ । भारतको आन्ध्र प्रदेश स्थित गोदावरी नदीमा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २५ जना हराइरहेका भारतीय संचारमाध्यमले जनाएका छन् । ६० जना भन्दाबढी सवार पर्यटकीय डुंगा ठुलो चट्टानसंग ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटना लगत्तै खटिएको सुरक्षा टोलीले २६ जनाको जीवितै उद्दार गरेको जनाइएको छ । दुर्घटनापछि आन्ध्र प्रदेशका मुख्य मन्त्री जगमोहन रेड्डीले त्यस क्षेत्रमा सबै डुंगा सेवा स्थगित गर्न निर्देशन दिएका छन भने मृतकका प्रत्येक परिवारलाई १० लाख दिने घोषणा गरेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);