चाडपर्वमा हवाई भाडा छुट | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८१, बुधवार

चाडपर्वमा हवाई भाडा छुट

nepal airlines

काठमाडौं, ३० भदौ । दशैँ, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्ष्यित गरेर वायुसेवा सञ्चालक सङ्घले साधारण हवाई भाडामा दस प्रतिशत छुट दिने निर्णय गरेको छ । सङ्घले आइतबार एक विज्ञप्ति जारी गर्दै सङ्घका सबै नियमित उडान गर्ने वायुसेवा कम्पनीको जहाजमा यस्तो छुट दिने घोषणा गरेको हो ।

यस्तो छुट आगामी असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्म दिने निर्णय गरेको हो । ग्राहकले यस्तो छुटका लागि कम्पनीको काउन्टरबाट टिकट खरिद गरेको हुनुपर्नेछ । सङ्घका अनुसार विमानस्थल शुल्क र ईन्धन शुल्कबाहेकको भाडादरमा मात्र यस्तो छुट हुने स्पष्ट पारेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);