ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित

jiwanram shrestha

काठमाडौं, २८ भदौ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा जीवनरामले पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गर्दै पुनः नेतृत्वको जिम्मेवारी पाएका हुन् ।

जीवनरामले १७ मत ल्याए भने उमेशलालले १० मत मात्रै ल्याए । दुईपल्ट राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव नियुक्त भइसकेका जीवनराम काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित सत्तारुढ नेकपाका सांसद हुन् ।

उमेशलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र महिला नेतृ सहाना प्रधानका छोरा हुन । यस्तै उपाध्यक्षमा ज्योति राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनीलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य निर्वाचित भएका छन्।

महासचिवमा जीवनराम प्यानलबाट उठेका ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ विजयी भएका छन्। उनले १५ मत प्राप्त गरे । उनका प्रतिद्वान्द्वी नेपाल कराँते महासंघका पूर्व अध्यक्ष पुरेन्द्रविक्रम लाखेले १२ मत प्राप्त गरे। निलेन्द्र वर्तमान कमिटीका सदस्य र पुरेन्द्र उपाध्यक्ष हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);