कयौं आयोजना अलपत्र हुँदा पाइपलाइन कसरी समयमै सम्पन्न भयो ? | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

कयौं आयोजना अलपत्र हुँदा पाइपलाइन कसरी समयमै सम्पन्न भयो ?

pipeline3

सीता शर्मा
काठमाडौं, २५ भदौ । नेपालमा संचालित राष्ट्रिय गौरवका आयोजनाहरु वर्षाैवर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । जसले आयोजना भनेका सरकार र राजनीतिक दलका नाराहरु मात्र हुन कि भन्ने जस्तो भान सर्वसाधरणलाई परेको छ । पञ्चेश्वर आयोजना, मेलम्ची खानेपानी आयोजना, हुलाकी राजमार्ग आदि त्यसका ज्वलन्त उदाहारण हुन् ।

यसरी जनतामा निराश छाइरहेको बेला नेपाल भारत संयुक्त परीयोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन शिलान्यास भएको ३० महिनामै सम्पन्न हुँदा जनतामा आशा पलाएको छ । दर्जनौ आयोजनाहरु अलपत्र परिरहेको बेला पेट्रोलियम पाइपलाइन कसरी तोकिएको समय अगावै सम्पन्न भयो ? अहिले चर्चाको विषय बनेको छ ।

नेपालको ३० प्रतिशत र भारतको ७० प्रतिशत लगानीमा निमार्ण भएको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाई तोकिएको समयमा सम्पन्न भएको भन्दै दुबै देशका प्रधानमन्त्रीले उद्घाटन गरी खुशी बांड्नु भएको छ । तत्काललाई हेर्दा यो नेपालको हितमा भएकोले यसलाई सकारात्मक नै लिन सकिन्छ । तर यस्ता कयौं आयोजना छन् नेपाल भारत बिच सझौता भएका र निमार्णाधिन अवस्थामा रहेका । ति आयोजना वर्षाेैदेखि अलपत्र अवस्थामा रहेका छन् ।

पेट्रोलियम पाइपलाइन समयमा नै सम्पन्न गर्न सक्ने सरकारले वर्षौेदेखि अलपत्र अवस्थामा रहेका परियोजना किन पुरा हुन सकेका छैनन् भन्ने प्रश्न उठिरहेको छ । २०५२ सालमा गरीएको महाकाली सन्धीमा नै उल्लेख गरीएको पञ्चेश्वर परीयोजना अझै सुरु हुन सकेको छैन । त्यस्तै माथिल्लो कर्णाली जलविद्युत आयोजना जुन पटक पटक सम्झौता अवधी थप्दा पनि भारतले निर्माण गर्न सकेको छैन ।

त्यस्तै २०४७ सालमा भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखरद्धारा उद्घाटन भएको हुलाकी राजमार्ग ३० वर्ष बित्दा पनि बन्न सकेको छैन । तर पाइपलाइर्न ३० महिनामा नै सम्पन्न भयो तर कसरी ?

यि त प्रतिनिधीमुलक आयोजना मात्र हुन् तर नेपाल भारत बिच सम्झौता भएका कयौ आयोजनाहरु अलपत्र अवस्थामा रहेका छन् । वर्षाेदेखि भारत र नेपालको लगानीमा बन्ने भनिएका आयोजनाहरु किन बन्न सकेका छैनन् ? यसले पनि वास्तविकतालाई उजागर गर्ने गर्दछ । बैदेशिक लगानीमा बन्ने आयोजनामा जहाँ विदेशीको फाइदा धेरै देखिएको छ त्यसलाई पुरा गर्न समय नलागेको जानकारहरु बताउँछन् । निर्माणाधिन आयोजनाबाट आफ्नो देशको हित देखिएन भने सम्झौता गरेका आयोजनामा पनि ढिलाई गर्ने परीपाटी रहेको छ ।

तर नेपाल र भारत सरकारले भने यसरी अल्झिएर बसेका सयौं आयोजनालाई बिर्सेर पेट्रोलियम पाइपलाइन समयमा भनेको भन्दै खुसी मनाइरहेका छन् । निर्माण थालिएको आयोजनाहरु किन अलपत्र पर्छन् भन्ने विषयमा नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले भने निमार्ण गर्ने कम्पनीको क्षमताले पनि आयोजनाहरु अलपत्र हुने बताउनुहुन्छ ।

त्यस्तै कतिपय आयोजनाहरुमा सरकारले पनि स्रोतसाधनको मुल्याङकन नगरी अगाडी बढाउने गरेको हुनाले आयोजनामा ढीलाई हुने समस्या भएको हुनाले यसलाई सुधारको आवश्यकता रहेको बताउनुहुन्छ ।

कतिपय विश्लेषकका अनुसार मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनमा नेपालको भन्दा भारतको इच्छाशक्ति देखिन्छ । तत्कालका लागि यो पाइपलाइन नेपालको हितमा जस्तो देखिए पनि त्यसबाट नेपालले भन्दा बढी भारतका लागी फलदायी भएको विश्लेषकहरुको बुझाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);