चुलियो कतार संकट : दुई पक्षीय फोन वार्तापछि साउदी आक्रोशित | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८३, मंगलबार

चुलियो कतार संकट : दुई पक्षीय फोन वार्तापछि साउदी आक्रोशित

काठमाडौँ, २५ भदौ । लामो समयदेखि जारी रहेको कतार संकट समाधानका लागि कतारका नरेश अमिर र साउदीका राजकुमारबीच टेलिफोन वार्ता भएको केही समयपछि साउदी अबरले कतारसंगको वार्ता स्थगित गरेको छ।

साउदी अरब, बहराईन, ईजिप्ट तथा संयुक्त अबर ईमिरेट्स र कतारबीच लामो समयदेखि विद्यमान कुटनितिक समस्या समाधानका लागि वार्ता गर्ने विषयमा नरेश सेख तामिम बिन हमाद अल थानी र साउदीका राजकुमार मोहम्मद बिन सलमानबीच टेलिफोन वार्ता भएको थियो।

कतारी नरेश र साउदी राजकुमारबीच कुराकानी भएको केहि सयमा नै वार्ताका लागि कतार गम्भिर नभएको आरोप लगाउँदै साउदी अरबले दुई देशबीचको सम्पर्क तत्कालका लागि स्थगित गरेको घोषणा गरेको छ। आजको नागरिक दैनिकमा खबर छ।