परिणाममुखी बन्दै निजामती प्रशासन | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

परिणाममुखी बन्दै निजामती प्रशासन

karmachari

काठमाडौं, २२ भदौ । सरकारका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न र आमजनतालाई सरकारको तर्फबाट सेवा प्रदान गर्न अग्रपङ्क्तिमा रहेर काम गर्ने संयन्त्रका रूपमा निजामती सेवालाई लिने गरिएको छ । सार्वजनिक प्रशासनको मेरुदण्डका रूपमा रहने निजामती सेवाले अन्य सरकारी सेवालाई समेत मार्गदर्शन र परिचालन गर्ने हुनाले यो सेवा सरकारको प्रमुख प्रशासकीय सेवाका रूपमा रहेको हुन्छ ।

जननिर्वाचित राजनीतिक नेतृत्वले तय गरेको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरी जनतासमक्ष पु¥याउने, सार्वजनिक सेवा प्रवाहको व्यवस्थापन, समन्वय र सहजीकरण गर्ने तथा जनतालाई सरकारको अनुभूति गराउने कार्यमा निजामती सेवाको महŒवपूर्ण भूमिका रहन्छ । स्वतन्त्र संवैधानिक निकायले योग्यता प्रणालीका आधारमा छनोट गरेका कर्मचारी रहने भएकाले निजामती सेवालाई योग्यतामा आधारित क्षमतावान्हरूको सेवाका रूपमा लिने गरिन्छ ।

समयक्रमसँगै निजामती सेवाको प्रकृति, चरित्र र कार्यशैलीसमेत परिवर्तन हुँदै आएको छ । सार्वजनिक प्रशासनको क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्दै निजामती प्रशासन अगाडि बढ्ने क्रममा छ । निजामती सेवा प्रतिस्पर्धी, लागतप्रभावी र सेवाग्राहीमुखी हुन नसकेको भनी बेलाबेलामा आलोचनासमेत हुने गरेको छ । परम्परागत रूपमा भन्नुपर्दा अतिप्रक्रियामुखी, पदसोपानका आधारमा कामप्रति जवाफदेही र शासक मनोवृत्तिको निजामती प्रशासन क्रमशः सार्वजनिक स्रोतको कुशल व्यवस्थापन र सेवाप्रवाहमा पारदर्शिता कायम गरी प्रक्रियाभन्दा परिणाममुखी हुँदै गएको छ ।

यसका साथै सेवाग्राहीप्रति समेत प्रत्यक्ष जवाफदेही हुँदै अगाडि बढेको छ । निजी क्षेत्रका कतिपय व्यवस्थापकीय कौशलसमेत सार्वजनिक प्रशासनमा अवलम्बन गर्न थालिएको छ । खासगरी सन् ९० को दशकमा सार्वजनिक प्रशासनको क्षेत्रमा आएको परिवर्तनले निजामती सेवालाई अझ प्रतिस्पर्धी नतिजामुखी, व्यावसायिक र सुशासनमुखी बनाउँदै लगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।