मानव बेचबिखनको नयाँ स्वरूप, निसानामा शिक्षित युवा पुस्ता | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

मानव बेचबिखनको नयाँ स्वरूप, निसानामा शिक्षित युवा पुस्ता

manab bechbikhan

काठमाडौं, २१ भदौ । पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौती सिर्जना गरेको पाइएको छ । ओसारपसारको धन्दाका रूपहरू फेरिँदै जान थालेपछि यसले ठूलो चुनौती थपिदिएको हो । यस्ता गतिविधिमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गिरोहको सक्रियता र निसानामा शिक्षित तथा प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै पर्न थालेको सरकारी अधिकारीहरूले बताएका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी, ग्रिन कार्ड, पीआरको प्रलोभनमा परेर राम्रो जीवनशैली र आर्थिक उर्पाजनको बाटो खोजिरहेका शिक्षित वर्गका युवायुवती नै तस्करीको निसानामा पर्ने गरेका छन् । ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार यस्ता गतिविधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपबाट संगठित अपराधीहरूको संलग्नता रहने गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालसमेत मुख्य चुनौती बनेको उनको भनाइ छ ।

ब्युरोले केही समयअघि मात्र विवाह गरेर नेपाली युवती तस्करी गर्ने चिनियाँ गिरोहको धन्दा पर्दाफास गरेको थियो ।

परम्परागत रूपमा कमाराकमारी, बधुवा मजदुरका रूपमा श्रम शोषण तथा दासका रूपमा यस्ता गतिविधि हुने भए पनि पछिल्लो समय आधुनिक दासताका रूपमा मानव बेचबिखन तथा ओसारपसार बढेको सरोकारवालाहरूको भनाइ छ । उनीहरूका अनुसार पछिल्लो समय तस्करहरूले वैदेशिक रोजगारी, शिक्षा, विवाह, स्वास्थ्य तथा मनोरञ्जनलगायतका गतिविधिमार्फत मानव तस्करीका धन्दा सञ्चालन गर्ने गरेका छन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

ताजा समाचार