फनपार्क मिलेमतो : राज्य बेखबर, सबैजना तैं चुप मै चुप | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

फनपार्क मिलेमतो : राज्य बेखबर, सबैजना तैं चुप मै चुप

काठमाडौँ, २५ भदौ । समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाण्डौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन् । जग्गा तथा घरटहरा भाडामा दिएको १४ बर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारी तैं चुप मै चुप गरी बसिरहेका छन्।

राज्यमन्त्री समेत भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरुण्का परिवारका सदस्यहरु पाल्देन गुरुङ र रविन्द्र गुरुङलाई पालैपालो १४ बर्षदेखि परिषद् बोर्ड र कार्य समितिका सदस्यसँगको मिलेमतोमा विधि र प्रक्रियामा नगाइ सो जग्गा कौडीको मोलमा भाडामा दिएर परिषद्ले करोडौं रुपैयाँ नोक्सान हुँदा सबै मौन बसेका छन्।

फनपार्कले ६४ रोपनी जग्गा २०५७ सालमा मासिक चार लाख ७५ हजार रुपियाँ बुझाउने सर्तमा चार बर्षका लागि सम्झौता गरेको थियो।आजको नेपाल समाचारपत्रमा खबर छ।