ललिता निवास : जग्गा किन्ने–बेच्नेसँग बयान लिइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ललिता निवास : जग्गा किन्ने–बेच्नेसँग बयान लिइँदै

lalitaniwas jagga prakaran

काठमाडौं, १९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासमा जग्गा लिने र बेचबिखन गर्ने सबैसँग बयान लिने भएको छ । अख्तियारले बुधबार ५८ जनाका नाममा सूचना प्रकाशित गरी एक साताभित्र बयानका लागि डाकेको छ ।

५८ जनामा चार जनाबाहेक सबै ललिता निवासको जग्गाको कारोबार गरेका व्यक्ति हुन् । चार जना भने कर्मचारी र जग्गा किन्नेका आफन्त रहेको अख्तियार स्रोतले बतायो ।

‘बालुवाटारमा जग्गा लिने र कारोबार गर्ने सबैलाई एकपटक सोधपुछ गर्नुपर्ने भयो,’ अख्तियार स्रोतले कान्तिपुरसित भन्यो, ‘घरठेगाना पत्ता लगाउन कठिन भएकाहरूका हकमा मात्रै पत्रिकामा सूचना निकालिएको हो । अरू कतिपयलाई सोझै सम्पर्क गरेर बोलाइएको छ ।’

अख्तियारले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीसँग पनि बयान लिने भएको छ । उनले भाटभटेनी डिपार्टमेन्ट स्टोरका कानुनी सल्लाहकार हुँदा त्यसका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा किनेर पछि बेचेका थिए । सर्वोच्च अदालतका न्यायाधीशले गरेको कामकारबाहीमाथि पदीय उन्मुक्ति छ तर न्यायाधीश हुनुभन्दा पहिलेको कामकारबाही भएको भन्दै अख्तियारले बयानको तयारी गरेको हो । नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलले पनि बयान दिनुपर्ने भएको छ । यो समाचार कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);