हङकङमा बिवादास्पद सुपुर्दगी बिधेयक फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

हङकङमा बिवादास्पद सुपुर्दगी बिधेयक फिर्ता

एजेन्सी, १९ भदौ । हङकङमा सुपुर्दगी बिधेयकको बिरुद्ध प्रदर्शन चर्किएपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले बिधेयक फिर्ता लिएको घोषणा गरेकी छिन् ।

सुपुर्दगी बिधेयकको बिरुद्धमा गत जुन यता हङकङमा प्रदर्शन जारी छ । प्रदर्शन गरिरहेका प्रदर्शनकारीसँग झुक्दै प्रमुख कार्यकारी लामले विवादास्पद सुपुर्दगी विधेयक औपचारिक रुपमा फिर्ता लिएको घोषणा गरेकी हुन ।

प्रमुख कार्यकारी लामले टेलिभिजन सम्बोधन गर्दै विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् । चीनमा अपराध गरेको अभियोग लागेका अभियुक्तलाई चीनतर्फ सुपुर्दगी गर्नका लागि ल्याइएको विधेयकका कारण त्यहाँ प्रदर्शन चर्किएको थियो ।

सोही प्रदर्शन पछिल्लो समय अधिक स्वायत्तता, लोकतन्त्र र मानव अधिकारका विषयमा केन्द्रित रहँदै आएको छ । लामले जनताको माग सम्बोधन गर्नका लागि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको बताएकी छिन् ।

उनले सरकारको मुख्य प्राथमिकता शहरमा जारी हिंसा अन्त्य गर्ने र विधिको शासन स्थापना गर्ने रहेको सम्बोधनका क्रममा भनेकि छिन् । यद्यपि उनले प्रदर्शनकारीका अन्य माग भने स्वीकार गर्न नसकिने जनाएकी छिन् ।

जुन महिनामा सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन चर्किएपछि उनले विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गर्ने घोषणा गरेकी थिइन् । यद्यपि प्रदर्शनकारीले भने अनिश्चितकालसम्मका लागि विधेयक फिर्ता लिने घोषणाले नपुग्ने भन्दै लामले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।

प्रदर्शनकारी तथा प्रहरीबीच ठाउँठाउँमा झडप हुन थालेपछि हङकङको सुरक्षालाई लिएर चिन्ता उत्पन्न हुँदै आएको थियो । यद्यपि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारी शान्त हुनेमा भने आशंका रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);