युएस ओपन : साबिक विजेता ओसाका अन्तिम १६ बाटै बाहिरिइन् | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

युएस ओपन : साबिक विजेता ओसाका अन्तिम १६ बाटै बाहिरिइन्

naomi osaka-us open

एजेन्सी, १७ भदौ । युएस ओपन टेनिसमा महिला एकल तर्फकी साबिक विजेता नाओमी ओसाका यो वर्ष अन्तिम १६ बाटै बाहिरिएकी छन् । अन्तिम १६ को खेलमा बेलिन्डा बेन्सिचसँग पराजित भएर ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

स्वीट्जरल्याण्डकी बेलिन्डाले जापानकी ओसाकालाई ७–५ र ६–४ को सेटमा पराजित गरेकी हुन् । २१ वर्षकी ओसाकाले बरियतामा विश्व नम्बर एक को स्थान पनि गुमाएकी छन् । उनलाई पछि पार्दै अस्ट्रेलियाकी एश्ली बार्टी शीर्ष बरियतामा आएकी छन् ।

ओसाकालाई पराजित गरेकी १३ औँ बरियताकी बेन्सिचले क्वाटरफाइनलमा डोन्ना वेकिकसँग प्रतिस्पर्धा गर्ने छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);