गौहत्या गर्नेलाई आजीवन कारावासको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

गौहत्या गर्नेलाई आजीवन कारावासको माग

झापा, १६ भदौ । नेपालगञ्जको कान्जीहाउसबाट दैलेख लाने क्रममा सुर्खेतमा भीरबाट खसाली गौ हत्या गरेको विरोधमा सोमबार झापामा विरोध सभा गरी अपराधीलाई सजायको माग गरिएको छ ।

बैदिक सनातन धर्म संरक्षण समिति नेपाल गौ वंश संरक्षण मञ्च झापाले बिर्तामोडमा गौ हत्याको विरोध गर्दै गाई मार्ने षड्यन्त्रकारीलाई आजीवन कारावासको माग गरेको छ ।

नेपालकोे राष्ट्रिय जनवार गाईलाई मार्न कसैलाई पनि छुट नभएको भन्दै गौ हत्यामा संलग्नलाई कानुनी कारवाही गर्न सरकारसंग माग गर्दै विरोध सभा सम्पन्न भएको हो ।

विरोध सभामा सतासीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले गौहत्या जघन्य अपराध भएको भन्दै अनादिकालदेखि गोरक्षात्मक राष्ट्र नेपाल भएको र गौहत्यामा संलग्नलाई आजीवन कारवास हुनुपर्ने माग गर्नु भएको थियो ।