त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घन्टा बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घन्टा बन्द हुने

Tribhuvan-International-Airport-aviationnepal

काठमाडौं, १४ भदौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ ।

दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भएकाल राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा सबै अवतरण बन्द हुनेछन् ।

तर नेपाल एयरलाइन्सको ओशाका उडान हुने दिन भने केही समय विमानस्थल खुलाइने छ । नेपाल एयरलाइन्स ओसाका उडिसकेपछि फेरि विमानस्थल बन्द गरेर मर्मतको काम गरिने विमानस्थल प्रशासनले जनाएको छ ।

नेपाल एयरलाइन्सले मंगलबार, बिहीबार र शनिबार जापानको ओसाका उडान गर्ने तालिका सार्वजनिक गरेको छ । यसअघि पहिलो चरणअन्तर्गत गत चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान रोकेर धावनमार्गको जिर्णोद्धार गरिएको थियो ।

अब दोस्रो चरणअन्तर्गत रनवे सेन्टरलाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको काम गरिने छ । नेपालको एकमात्र अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलको जिर्णोद्धारको काम चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);