काठमाडौं, १० भदौ । सरकारले किसानलाई दिँदै आएको मल अनुदान करिव २० प्रतिशतले घटाउने तयारी गरेको छ।
मागअनुसार आपूर्ति सँधै कम भएपछि अनुदान घटाएर आयात परिमाणमा जोड दिन लागिएको हो ।
कृषितथा पशुपक्षी विकास मन्त्रालयका अनुसार मल अनुदानको विषयमा अध्ययन गर्न कार्यदल गठन भएको थियो ।
कार्यदलले दिएको सुझावको आधारमा अनुदान घटाइन लागिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।