मन्त्रिपरिषद बैठक १२ बजे बस्दै, प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्स मार्फत सहभागी हुने | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

मन्त्रिपरिषद बैठक १२ बजे बस्दै, प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्स मार्फत सहभागी हुने

mantriparisad cabinate

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्सबाट सामेल हुने गरी सोमबार मध्यान्न १२ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री ओली अहिले स्वास्थ्य उपचारको लागि सिंगापुरमा रहनु भएको छ ।

उहाँ यहाँ उपस्थित नभएपनि भिडियो कन्फेरेन्सबाट सहभागी हुनुहुने भएको हो । भिडियो कन्फेरेन्समा यताबाट सबै मन्त्री सहभागी हुने र उताबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीलाई गएको बिहीबार उपचारका लागि केहीसाताकै बीचमा दोस्रो पटक सिंगापुर लगिएको हो । त्यसअघि उहाँ १० दिन सिंगापुरमा उपचारका लागि जानुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);