काठमाडौं, ४ भदौ । विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमएले एनसेलसंग सहकार्यमा नेपाली स्टार्टअपहरुका लागि एक दिनै स्टार्टअप कोलाबेरेसन वर्कसपको आयोजना गरेको छ ।
नेपालमा स्टार्ट अप कम्पनीहरु र मोबाइल सेवा प्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ गर्ने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
कार्यशाला स्टार्टअपहरुले कसरी मोइल सवा प्रदायकहरु संग साझेदारी गर्न सक्छन् त्यसका लागि आवश्यक उपकरण तथा तयारी के कस्तो हुन पर्दछ भन्नेमा केन्द्रित थियो । कार्यशालामा ३० वटा सटार्टअपका ५० भन्दा बढी प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।