क्याथोलिक चर्चका वरिष्ठ जर्ज पेलको अपिल खारेज, बाल यौनदुराचारी भएको अदालतको ठहर | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

क्याथोलिक चर्चका वरिष्ठ जर्ज पेलको अपिल खारेज, बाल यौनदुराचारी भएको अदालतको ठहर

yauna durachar

काठमाडौं, ४ भदौ । क्याथोलिक चर्चका सबैभन्दा वरिष्ठ या ठूला पादरी कार्डिनल जर्ज पेल यौन दुर्व्यवहारको घटनामा दोषी ठहर भएका छन् ।

कार्डिनल जर्ज पेलले आफ्नो सम्मान अखण्डित राख्नका लागि आरोपहरु झुट रहेको भन्दै कानूनी रुपमा दिएको चुनौतिमा असफलता हात पारेका हुन् । अष्ट्रेलियाको अदालतले उनलाई यौन दुव्र्यवहारको घटनामा दोषी ठहर गरेको हो । उनलाई गएको मार्चमा अदालतले दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय तोकेको थियो । त्यस विरुद्ध दिएको अपिलमा पनि उनको विपक्षमा अर्थात अदालतको यसअघिको फैसलाकै पक्षमा निर्णय भयो । उनले सन् १९९० को दशकमा मेलबर्नमा रहेको क्याथिड्रलमा दुई बालकमाथि यौन दुव्र्यवहार गरेकोमा अदालतले दोषी ठहर गरेको थियो । उनले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् । भ्याटिनकको राज्यकोषका पूर्व अध्यक्ष समेत रहेका ७८ वर्षका पेल हाल जेलमा छन् । उनी सन् २०२२ को अक्टोबरमा पेरोलमा बाहिर निस्कन पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);