काठमाडौं, २ भदौ । नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र खारेज भएको छ । नेपाल स्याटेलाइट दूरसञ्चार कम्पनीले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा दिइरहेको छ ।
बक्यौतावापतको नवीकरण दस्तुर तिर्न नसकेपछि कम्पनीको अनुमतिपत्र खारेज भएको हो । कम्पनीले नेपाल दूरसञ्चार प्राधिरकणलाई करीब ७९ करोड ९२ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी थियो ।
भदौ १ गतेसम्म पहिलो किस्तावापत करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले सयमसीमा दिएको थियो । तर, सो समयमा उक्त कम्पनीले कुनै पनि बक्यौता नतिरेपछी प्राधिरकणको बोर्ड बैठकको निर्णय अनुसार कम्पनीको अनुमतिपत्र खारेज गरिएको हो ।
यो कम्पनीले मध्यपश्चिमको ग्रामीण क्षेत्रबाट सेवा थालेर सुदुरपश्चिम र पश्चिमाञ्चलमा सेवा दिन सक्ने गरी आधारभुत दूरसञ्चार सेवको लाइसेन्स पाएको थियो । ‘हेलो नेपाल’ व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको थियो ।