काठमाडौं, १ भदौ । नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ । आइतबार राजधानीमा आयोजित प्राधिकरणको ३४ औ वार्षिकोत्सवमा उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभएको हो ।
मन्त्री पुनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले मुनाफा दिईने बताउनुभयो । मन्त्री पुनले प्राधिकरण नाफामा जानु कर्मचारीको पनि सेवा सुविधा बढ्नुले यो बर्ष गौरवको र उपलब्धिको बर्ष भएको उल्लेख गर्नुभयो ।
प्राधिकरणले आर्थिक बर्ष २०७५÷७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ ।




