झापा, १ भदौ । राष्ट्रिय मानव अधिकार आयोगमा मानव अधिकार उल्लङ्घनका १२ हजार बढी उजुरी परेका छन् । जसमध्ये चार हजार उजुरीको फच्छ्यौट हुन बाँकी रहेको राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक डा. टिकाराम पोखरेलले बताउनुभयो ।
आर्थिक वर्ष २०७६/०७७ लाई मानव अधिकार आयोगले अनुसन्धानको वर्षको रुपमा लिएको छ । एक वर्ष भित्र सबै उजुरीको अनुसन्धान सक्ने मानव अधिकार आयोगले जनाएको छ ।
झापाको बिर्तामोडमा आयोजित मानव अधिकार र पत्रकारिता सम्वन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै मानव अधिकार उल्लङ्घन सम्वन्धि परेका उजुरी मध्ये सरकारले १२ दशमलव ५ प्रतिशत उजुरी सत प्रतिशत कार्यान्वयन, ३८ प्रतिशत उजुरी आंशिक कार्यान्वयन गरेपनि अन्य उजुरीका सम्वन्धमा भने सरकारले वेवास्ता गरेको बताइएको छ ।




