बजेट भाषणयता अत्यावश्यक खाद्यवस्तुको मूल्य अस्वाभाविक रूपमा बृद्धि | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

बजेट भाषणयता अत्यावश्यक खाद्यवस्तुको मूल्य अस्वाभाविक रूपमा बृद्धि

काठमाडौं, ३२ साउन । बजेट भाषणयता देशभित्र अत्यावश्यक खाद्यवस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखिएको छ । दाल, चामल, हरियो तरकारी, फलफूलदेखि मासुको मूल्यमा समेत उच्च वृृद्धिले चाडपर्वको मुखमा उपभोक्ता मारमा परेका छन् ।

वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनअनुसार बजेटपछिको दुई महिनामा चामल, चिउरा, दाल, भटमास, तिल, मैदा, आटा, तेल लगायतको मूल्य बढेको छ ।

जेठमा प्रतिबोरा २ हजार १ सय ५० रुपैयाँमा बिक्री भइरहेको मैदा अहिले प्रतिबोरा ३ सय ५० रुपैयाँले बढेर २ हजार ५ सय पुगेको छ । यस्तै २ हजार ५० रुपैयाँको आटा प्रतिबोरा २ सय ५० रुपैयाँले बढेर २ हजार ३ सय पुगेको छ ।

जेठमा प्रतिकिलो १ सय ३० रुपैयाँ किलो रहेको बास्मती चामलको मूल्य साउनमा १० रुपैयाँले बढेर १ सय ४० पुगेको विभागले जनाएको छ । यस्तै रहरको दाल, कैलो भटमास, सानो केराउमा पनि प्रतिकिलो १० रुपैयाँले मूल्य बढेको छ ।

चिनीमा प्रतिकिलो ५ रुपैयाँ, मेथीमा प्रतिकिलो २० रुपैयाँ, सोयबिनमा २० रुपैयाँले मूल्य बढेको छ । तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादनमा कमी, बाढी पहिरो, ढुवानीमा लगाइएको भ्याटलगायतका कारणले बजारमा अस्वभाविक रूपमा मूल्यवृद्धि भएको वाणिज्य विभागले जनाएको छ ।

बजेट भाषणपछि करको दर बढेको, बिचौलीया हावी भएको जस्ता कारणले उपभोक्ता मारमा परेका छन् । मुख्य चाडपर्वमा आपूर्ति सहज बनाउन र मूल्य वृद्धि नियन्त्रण गर्न मन्त्रालय तहबाट प्रयास अघि बढेको विभागले जनाएको छ । यता उपभोक्ता अधिकारकर्मी भने नियमन गर्ने संयन्त्र नै सरकारसँग नभएको कारण मूल्यवृद्धि अनियन्त्रित बनेको आरोप लगाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);