उपकुलपति छनोट नेतृत्वको मुठीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

उपकुलपति छनोट नेतृत्वको मुठीमा

TU-Central-Office-Building

काठमाडौं, ३२ साउन । देशभर रहेका सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया राजनीतिक नेतृत्वको मुठीमा कैद हुन पुगेको छ ।

उपकुलपतिजस्तो प्राज्ञिक र निकै महत्वपूर्ण मानिने पद सत्तारूढ दल नेकपाका नेता तथा उच्च पदस्थहरूको गोजीमा पुग्दा प्राज्ञिक क्षेत्र भर्ती केन्द्र बन्ने पुरानै परम्परा फेरि पनि दोहोरिने करिब–करिब निश्चित भएको छ । विश्वविद्यालयको नेतृत्व कसको हातमा पर्ने भन्ने निक्र्यौैल हुन अब ६ दिन मात्रै बाँकी छ ।

प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने प्रावधान छ । स्रोतका अनुसार विभिन्न पेसागत संगठन निकट प्राध्यापकहरू उपकुलपति आफ्नो पक्षमा पार्न लबिङ गरिरहेका छन् । मुख्यतः तत्कालीन एमाले निकट प्रगतिशील प्राध्यापक संगठन र माओवादी निकट राष्ट्रिय प्रध्यापक संगठनका प्राध्यापक लबिङमा लागिरहेका छन् ।

प्रायः सबै विश्वविद्यालयमा नेकपा निकट प्राध्यापक उपकुलपति हुने निश्चित प्रायः छ । यद्यपि, नेकपाभित्र उपकुलपति नियुक्तिका लागि गुटगत भागबन्डा गर्ने तयारी थालिएको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।