राष्ट्रप्रमुखको भूमिका निश्पक्ष र स्वतन्त्र हुन सकेन : पशुपति शमशेर | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

राष्ट्रप्रमुखको भूमिका निश्पक्ष र स्वतन्त्र हुन सकेन : पशुपति शमशेर

काठमाडौं, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताउनु भएको छ ।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरुको भूमिका निश्पक्ष हुन नसकेको बताउनु भयो । नेपालको राजसंस्था निश्पक्ष र कुनैपनि पार्टीमा आवद्ध नभएकोले राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने अध्यक्ष जबराको तर्क छ ।

अध्यक्ष जबराले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेको भन्दै आपत्ति जनाउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);