काठमाडौं, २५ साउन । साना तथा मझौला व्यवसायी महासंघ नेपालले आगामी भदौ १९ गते देखि राजधानीमा एसएमई फेयर २०१९ गर्ने भएको छ । महासंघले शनिबार पत्रकार सम्मेलन गरि एसएमई फेयर २०१९ बारे जानकारी गराएको हो । विश्व पर्यटन दिवसको सन्दर्भ पारेर महासंघले फेयर आयोजना गर्न लागेको हो ।
काठमाडौंको भृकुटीमण्डपमा भदौ १९ देखि २३ गते सम्म हुने फेयरमा हस्तकला, काष्ट निर्मित, श्रृंगार, अल्लो र ढाकाका कपडा, छ्वाली, बांसबाट निर्मित सामाग्रीको साथै खाद्य परिकारका १ सय स्टल रहने छन् ।
महासंघले प्रदर्शनीमा सहभागी व्यवसायीहरुलाई चिनको हाईनानमा रहेको स्थायी विक्रि केन्द्रमा स्टल राख्नका लागि प्राथमिकता दिने जनाएको छ । हाईनान फाया फाया इन्भेष्टमेण्ट कम्पनी चाईनाले महासंघलाई हाईनन प्रान्तको बोआयो शहरमा १ सय भन्दा विक्रि केन्द्र(स्टल) निशुल्क उपलब्ध गराएको छ ।
समृद्ध नेपाल सुखी नेपालीको सपना साकार बनाउन एक घर एक व्यवसाय प्रति प्रतिवद्ध भई व्यवसायीक एकतालाई मजबुत बनाउँदै अन्तराष्ट्रिय क्षेत्रमा समेत विस्तार गर्दै आएको छ ।





