कश्मीरमा कर्फ्यु, काठमाडौंमा छटपटी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कश्मीरमा कर्फ्यु, काठमाडौंमा छटपटी

kashmir curfew

काठमाडौं, २५ साउन । राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरू थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् ।

सञ्चार सेवा पूर्ण रूपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको कश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरू यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।

काठमाडौंका विभिन्न गल्लीमा कश्मिरीहरू छाला, हस्तकलाका सामान र पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथलो गएकाहरूको खबर नपाउँदा यहाँ रहेकाहरूबीच चिन्ता छ । नयाँबजारमा छालाको व्यापार गर्दै आएका कश्मीरका ६० वर्षीय अब्दुलअमिद खान सोमबार श्रीमती अमिना बानु र छोरा कैउमसहित इद मनाउन घर गएका थिए ।

नेपालमा विभिन्न पेसाव्यवसाय गर्दै बस्दै आएका कश्मिरी करिब सय परिवार छन् । धेरैजना राजनीतिक मुद्दा भन्दै बोल्न चाहँदैनन् । घरपरिवार र थातथलोको चिन्ता अनुहारमा प्रस्ट छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);