नेकपाको राजनीतिक प्रतिवेदनमा दृष्टिकोण नभइ दृष्टिदोष रहेको कांग्रेसको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

नेकपाको राजनीतिक प्रतिवेदनमा दृष्टिकोण नभइ दृष्टिदोष रहेको कांग्रेसको टिप्पणी

bishowprakash

काठमाडौं, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले तयार पारेको पार्टीको राजनीतिक प्रतिवेदन माथि प्रश्न उठाएको छ ।

बिहिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाले तयार पारेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई हेर्ने दृष्टिकोण मात्रै भेटेको आरोप लगाउनु भएको छ ।

यो दस्तावेजमा कांग्रेसबारे इमानदार दृष्टिकोण होइन बरु दृष्टीदोष प्रस्तुत छ । दृष्टी उपर दृष्टकोण व्यक्त गर्न मिल्छ तर दृष्टीदोषमाथि केवल दया मात्र प्रस्तुत गर्न मिल्छ भन्दै कांग्रेसले प्रतिपक्षी शक्तीलाई संधै मित्रको रुपमा हेर्न नेकपालाई आग्रह गरेको छ।

ट्रेड युनियनलाई सरकारले घुमाउरो ढंङगले प्रतिबन्धित गर्न लागेको भन्दै कांग्रेसका प्रवक्ता शर्माले त्यसको कांग्रेसले विरोध गर्ने बताउनु् भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);