काठमाडौं, २२ साउन । बुधबार शेयरबजार परिसूचक नेप्से २.७५ अंकले बढेर परिसूचक १ हजार २ सय ४८ दशमलब ४८ अंकमा पुगेको छ । १ सय ७२ कम्पनीका ११ लाख ३८ हजार ६ सय ३९ कित्ताशेयर ५ हजार ४ सय १३ पटकको कारोबारबाट ३६ करोड ८६ लाख ४५ हजार ६ सय ६९ रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेर २ सय ६९ दशमलब ९६ अंकमा पुगेर बन्द भएको छ । बुधबार विकास बैंक, जलविद्युत र म्युचुअल फण्ड समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेको छ ।
कृषि विकास बैंकको सबैभन्दा बढी २ करोड ४५ लाख बढीको शेयर कारोबार भएको छ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन भने सान्जेन जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ९.९६ प्रतिशतले गुमाएका छन्।