कम्युनिटी शिल्डमा म्यानचेस्टर सिटी विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

कम्युनिटी शिल्डमा म्यानचेस्टर सिटी विजयी

manchester-city

एजेन्सी, २० साउन । नयाँ सिजन सुरु हुनुअघिको वार्षिक प्रतिस्पर्धा कम्युनिटी शिल्डमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

आइतबार राति वेम्बलीमा भएको खेलमा प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग विजेता लिभरपुललाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा दुवै तर्फबाट एक–एक गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । १२ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको गोलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले सुरुवाती अग्रता लियो । लिभरपुलका लागि ७७ औँ मिनेटमा मातिपले गोल गरेका हुन् । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र खेल टाइब्रेकरमा धकेलियो । पेनाल्टी सुटआउटमा म्यानचेस्टर सिटी ५–४ ले विजयी भएको हो । लिभरपुलका जर्जि्निओ विनाल्डमको प्रहार सिटीका गोलरक्षक क्लाउडिओ ब्राभोले रोके । सिटीका लागि गाब्रिएल जिससले विजयी पेनाल्टी गोल गरेका हुन् ।निर्धारित समयमा स्ट्रर्लिङ्गको गोलपछि दोस्रो हाफमा तीन पटक वुडवर्क प्रहार भएको थियो । लिभरपुलका भर्जिल भान डिजेक र मोहम्मद साहलले गरेको प्रहार गोलमा परिणत हुन सकेनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);