इवोलाका कारण कंगोमा हालसम्म १ हजार ८ सयभन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

इवोलाका कारण कंगोमा हालसम्म १ हजार ८ सयभन्दा बढीको मृत्यु

काठमाडौं, १८ साउन । प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने भएको छ । इबोलाविरुद्धको अभियानमा समन्वय गरीरहेको सरकारी टोलीले हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान भएकाले पूर्णरुपमा नियन्त्रण गर्न तीन वर्ष लाग्ने जनाएको हो ।

समन्वय समितिका जो ज्याक्स मुएम्बीले इबोलाको महामारी नियन्त्रण गर्न गम्भीर चुनौतीहरु देखिएको बताएका छन् । उनले इबोला महामारी नियन्त्रणका लागि अहिले गरिएको भन्दा थप प्रयासको खाँचो रहेको बताएका छन् ।

अहिले पहिचान भएको जति नै इबोलाको संक्रमण पहिचान भन्दा बाहिर रहेको हुन सक्ने र त्यसले समस्या विकराल बन्ने उनले चेतावनी दिएका छन् । रुवान्डासँग सीमा जोडिएको गोमा शहरमा पनि इबोलाको संक्रमण फैलिएपछि चिन्ता थपिएको छ ।

यो साता इबोलाका कारण निधन भएका गोमाका एक व्यक्तिका १० सन्तान रहेको र अरु धेरै व्यक्तिमा पनि संक्रमण फैलिएको उनले बताएका छन । इबोलाका कारण कंगोमा १ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यसबाट २ हजार ७ सयभन्दा बढी संक्रमित छन् । कंगोको इतिहासमा यो हालसम्मकै भयानक इबोला संक्रमण हो । कंगोमा जारी हिंसाका कारण इबोलाविरुद्धको अभियानमा समस्या थपिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);