महाधिवेशन एजेन्डामै अल्झियो कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महाधिवेशन एजेन्डामै अल्झियो कांग्रेस

nepali congress

काठमाडौं, १६ साउन । मुख प्रतिपक्ष दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीभित्र आम चासोको विषय रहेको अधिवेशनको एजेण्डाले अझै निकास पाउन सकेको छैन ।

संघीय संरचना अनुसार पार्टी संरचना निर्माण गरि १४औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा सबै एकमत भए तापनि प्रक्रिया मिलाउने विषयमा विवाद कायमै छ । भर्खरै विधान संशोधन गरी नियमावलीसमेत पारित गरेको कांग्रेसलाई तत्काल तल्लो तहको अधिवेशन गर्नुपर्ने बाध्यता छ ।

बैठकमा अघिवेशनबारे केन्द्रीय सदस्यहरुले लामो छलफल गरे पनि निर्णयका लागि प्रस्ताव आएको छैन । बुधबारको बैठकमा पनि अधिवेशन कसरी गर्ने भन्नेबारेमा नेताहरु केन्द्रित रहे । समय थोरै भएकाले अब निर्णयको प्रस्ताव आउनुपर्ने भन्दै केन्द्रीय सदस्य शंकर भण्डारीले त कडा शब्दमा सहमति नभए बहुमतबाट भए पनि अधिवेशनको कुरा टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभएको थियो ।

अघिल्लो दिन मंगलबार नै छलफल सकिए पनि बुधबार पनि अधिवेशनकै सवालमा नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ्ग शंकर भण्डारीले धारणा राखेका थिए ।याे समाचार नेपाल समाचारपत्रमा लेखेकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);