ठेकेदारलाई कडाइ गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

ठेकेदारलाई कडाइ गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

pm kp oli

काठमाडौं, १६ साउन । प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’(काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकास मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।

सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्रीले विशेषगरी आयोजनाको जिम्मा लिने तर समयमा काम नगर्ने प्रवृत्ति रोक्नका लागि मोबिलाइजेसन खर्चमा कडाइ गर्नुपर्ने बताएका छन् ।

कुनै पनि आयोजना ठेक्का लागेपछि सुरुमै ‘मोबिलाइजेसन कस्ट’ बापत २० प्रतिशत रकम दिने व्यवस्था छ । यही व्यवस्थाको फाइदा उठाउँदै ठेकेदारले पेश्की रकम अन्यत्र लगाउने र मूल काम नगर्ने प्रवित्ति छ ।

‘मोबिलाइजेसन कस्ट’ लिने र काम अड्काउने भइरहेको छ, यसमा तपाईँहरुले कडाइ गर्नुहोस्, कामको जिम्मा लिएपछि समयमा पूरा गर्नुपर्छ, त्यसका लागि कतैबाट छुट र सहुलियत हुनु हुँदैन ।’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक सहभागीले भनेका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);