नेकपाकको सचिवालय बैठक विना निश्कर्ष टुंगियो | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

नेकपाकको सचिवालय बैठक विना निश्कर्ष टुंगियो

नेकपाको सचिवालय बैठक

अर्को बैठक साउन २८ गते बस्ने –

काठमाडौं, १३ साउन । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सोमवार बसेको सचिवालय बैठकले स्कूल विभाग लगाएतमा नेतृत्व टुंगो लगाउने भनिएपनि स्कुल विभागबारे छलफल नै नगरी टुंगिएको छ ।

स्कुल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलको दाबी आएपछि पटक पटक स्थगित हुँदै आएको सचिवालय बैठक सोमबार दिउँसो बालुवाटारमा बसेको थियो ।

केन्द्रीय बिभागको जिम्मेवारी वाँडफाड र जन वर्गीय संगठनको इन्चार्ज र सहइन्चाजको नामको टुंगो लगाउने, पोलिटव्युरो गठन, केन्द्रिय कमिटिको कार्यविभाजन लगाएतका एकताका बाँकि कामहरुको टुंगो लगाउनका लागि सोमबार बसेको सचिवालय बैठक बिना निश्कर्ष टुंगीएको हो ।

यसअघि सचिवालय वैठक ३ पटक सम्म स्थगीत भएको थियो । यसबीचमा दुइ अध्यक्षद्ववयकाबीचमा भने छलफल जारी रहेको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले स्कुल बिभागमात्र नभएर अन्य विभागको समेत नेतृत्व टुंग्याउन नसकिएको बताउनु भएको छ ।

यता पूर्व एमाले र पूर्व माओवादी पक्षधर नेताहरु एकता प्रकृयाको वाँकी कामका लागि आ आफ्नो आन्तरीक गृह कार्यमा जुटेका थिए । नेकपा सचिवालयको अर्को बैठक १५ दिनपछी साउन २८ गते वोलाएइको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);