आज विश्व बाघ दिवस, दोब्बर संख्या बनाउने सरकारको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

आज विश्व बाघ दिवस, दोब्बर संख्या बनाउने सरकारको लक्ष्य

baagha

काठमाडौं, १३ साउन । पर्यटन प्रर्वद्धनका लागि बाघ संरक्षण भन्ने नाराका साथ विश्व बाघ दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदैछ ।

सरकारले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बढाउने लक्ष्य राखेको छ । नेपालमा हाल २ सय ३५ को संख्यामा बाघ रहेका छन् । बाघको संरक्षणलाई प्रभावकारी बनाउन सके विश्वव्यापी लक्ष्य अनुसार आगामी ४ वर्षमा नेपाल पहिलो बन्ने आंकलन गरिएको छ । संरक्षणमा सफलता हासिल गरेपछि बाघलाई जीवन उपयोगी क्षेत्रमा प्रयोग गर्ने अवधारणा समेत सरकारले अघि सारेको छ । सन् २०१८ को राष्ट्रिय तथ्याङक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बाँकेमा २१, पर्सामा १८, शुक्लाफाँटामा १६ र बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा बाघ रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);