वडा प्रहरीमा जनशक्ति अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वडा प्रहरीमा जनशक्ति अभाव

police

काठमाडौं, १२ साउन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा प्रहरी कार्यालयमा जनशक्तिको अभाव भएको छ । जनशक्ति अभावमा वडा प्रहरी कार्यालयबाट प्रवाह हुने सेवा सुविधा प्रभावकारी हुन सकेको छैन ।

कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक हरिबहादुर बस्नेतका अनुसार कार्यालयमा ९९ जनाको दरबन्दी भएपनि ४० जना मात्र कार्यरत छन् । “हाल ६३ जना प्रहरी कार्यरत रहेपनि धेरै जना बिदामा छन् । यतिबेला ४० जना प्रहरीले सेवाप्रवाह गरिरहेका छौं,” उनले भने ।

यो दरबन्दी उपमहानरपालिका बन्नुभन्दा पहिलेको दरबन्दी हो । नगरमा १७ वटामात्र वडा हुँदा कायम गरिएको प्रहरीको दरबन्दीले हाल २३ वडा हुँदा सेवा दिनुपर्दा समस्या भएको प्रहरी निरिक्षक बस्नेत बताउँछन् । उपमहानगरपालिकामा थप ६ वटा साविकका गाविस गाभिएपनि जनशक्ति नथपिँदा सेवा प्रभावमा चुनौती थपिएको बताइएको छ ।

नगरमा हुने गुण्डागर्दी अन्त्यका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै उनले गुण्डागर्दी, चोरी र लागूऔषध कारोबार तथा दुव्र्यसन नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);