'सरकारले दिगो विकास लक्ष्य पूरा हुनेगरी तयारी गर्न सकेन' | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

‘सरकारले दिगो विकास लक्ष्य पूरा हुनेगरी तयारी गर्न सकेन’

baburam bhattarai

काठमाडौं, १० साउन । पूर्व अर्थमन्त्रीहरुले सरकारले दीगो विकास लक्ष्य हासिल हुनेगरी आर्थिक विकास गर्न आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका छन । शुक्रबार राजधानीमा आयोजित ‘नेपाल ईकोनोमिक आउट लुक’ सार्वजनिक कार्यक्रममा पूर्व अर्थमन्त्रीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

कार्यक्रममा पूर्व अर्थमन्त्री तथा समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सरकारले आवश्यक तयारी गर्न नसकेको उल्लेख गर्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले सरकारले मुलुकको दीगो आर्थिक विकासका लागि दोहोरो अंकको आर्थिक विकास हुने गरी लगानीको व्यवस्था गर्न समेत आवश्यक तयारी गर्न नसकेको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा काँग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारले दीगो विकास लक्ष्य हासिल हुने गरी मुलुकको आर्थिक विकास गर्न आवश्यक योजना समेत तय गर्न नसकेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा पूर्व अर्थमन्त्री एवम् सत्तारुढ नेकपाका नेता पाण्डेले राजनीतिमा सुधार नभएका कारण मुलुकमा दिगो विकास लक्ष्य हासिल हुनेगरी आर्थिक विकास हुन नसकेको दावी गर्नु भयो ।

पूर्व अर्थमन्त्री पाण्डेले दिगो आर्थिक विकासका लागि धेरै योजना तय गर्ने भन्दा पनि थोरै योजना तय गरेर त्यसलाई सम्पन्न गर्दै अघि बढन पनि सरकारलाई सुझाव दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);