गोपाल खड्का अकुत सम्पत्ति लुकाएको अभियोग लागेकी महिला यसरी रिहा भइन् | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

गोपाल खड्का अकुत सम्पत्ति लुकाएको अभियोग लागेकी महिला यसरी रिहा भइन्

Gopal biruddha mudda

काठमाडौं, १० साउन । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको अकुत सम्पत्ति लुकाएको आरोपमा भ्रष्टाचार मुद्दा लागेकी अमिता लामा सोदेम्बालाई साधारण तारेखमा छोडेको छ । विशेष अदालतमा बिहीबार उपस्थित भएकी सोदेम्बालाई न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासले साधारण तारेखमा छाड्ने आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कासहित तीन जनाविरुद्ध २३ पुस २०७५ भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गैरकानुनी रूपमा खड्काले १८ करोड ५५ लाख रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको खड्का २ करोड धरौटीमा छुटिसकेका छन् ।

अख्तियारले श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रूपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप लगाएको थियो । अख्तियारको अनुसन्धानमा खड्काले अवैध रुपमा आर्जन गरेको सम्पत्ति लामाको नाममा राखेको दाबी गरेको थियो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, बिगोबमोजिम जरिमाना तथा बिगो भराउन माग गरेको थियो । खड्का विवादमा मुछिएपछि सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि गत जेठमा खड्काले पदबाट राजीनामा दिएका थिए ।

अख्तियारका अनुसार खड्काले २ चैत २०६९ देखि अनुसन्धान अवधिसम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार १५५ रुपैयाँ ४७ पैसा आर्जन गरेका दाबी छ । जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार घर भाडाबाट १३ लाख ५६ हजार पाएका उनले ५ करोड ३३ लाख ३६ हजार रुपैयाँ ऋण तथा सापटी लिएको दाबी छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);