काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६० सालमा १७ सय कोठाको सिंहदरबार एक बर्षमा निर्माण सम्पन्न गराएका थिए। तर, अहिले दुईतलाको एउटा भवन ९ बर्षमा पनि निर्माण हुँदैन।
यसको ज्वलन्त उदाहरण भएका छन्, सहरी विकास तथा भवन निर्माण विभागअन्र्तगतका ३१ जिल्लाका १ सय ३३ वटा सार्वजनिक भवन। सहरी विकास मन्त्रालयले ती भवनलाई रुण अयोजनाका रुपमा राखेर छानविन सुरु गरेको छ । आजको नागरिकमा खबर छ।