वडाध्यक्षलाई हातपात, प्रहरीमाथि ढुंगामुढा | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

वडाध्यक्षलाई हातपात, प्रहरीमाथि ढुंगामुढा

jumla

काठमाडौं, २ साउन । अबैध जडिबुटी चोरीमा निकासीमा संलग्न रहेको भन्दै पातारासी गाउँपालिका–३ का वडाअध्यक्ष कालीबहादुर रावतमाथि स्थानीयले हातपात गरेका छन् ।

पातारासी गाउँपालिकाको लुम गाउँका स्थानीयले वडाध्यक्ष रावतलाई हातपात गर्नुका साथै अभद्र व्यवहार गरेका हुन् ।स्थानीयले उनलाई बागजाले सामुदायिक वनको अवैध जडिबुटी सेतो चिनी (खिरौँला) चोरी निकासीमा संलग्न रहेको आरोप लगाएकाछन् । उनीहरूले अध्यक्षको राजीनामा माग्दै गाउँ निकाला गर्ने चेतावनीसमेत दिएका छन् । जनप्रतिनिधि नै अवैध धन्दामा लागेको आरोपमा सिंगो गाउँ नै वडाध्यक्षको विरुद्धमा खनिएको हो ।

यता, वडाध्यक्ष कालीबहादुर रावतले अवैध जडिबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको बताएका छन् । ‘स्थानीयबाटै वनमा पाइने जडिबुटीको अवैध चोरी निकासी भएको सूचना पाएपछि दुई पटक प्रहरीसहित वनमा गए’ उनले भने, ‘डिल्लीचौर प्रहरीको रोहोबरमा दुईपटक वनमा गएर जडिबुटीका बारेमा जानकारी लिएको थिए ।’ वडाध्यक्ष रावतका अनुसार स्थानीयले लगाएको ओराप सत्यसावित भएमा बिगोसहित पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । अहिले उनी गाउँलेबाट खतरा रहेको भन्दै आफन्तको घरमा बास बस्न थालेका छन् । उनले गाउँलेबाटै असुरक्षा भएको भन्दै प्रहरीमा सुरक्षा माग गरेका थिए । निकै आक्रोसित स्थानीयले सुरक्षाका लागि डिल्लीचौर प्रहरी चौकीबाट गएका प्रहरीमाथि लुम गाउँका स्थानीयले ढुंगामुढा गरेका छन् ।

वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझन गएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेका हुन् । डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर थापाले स्थानीयले आफुमाथि ढुंगामुढा गरेको बताए । सुरक्षाका लागि गएको प्रहरी टोलीमाथि ढुंगामुढाका साथै हातापताको प्रयास भएको थापाले जानकारी दिए । थापाको नेतृत्वमा लुम गाउँ गएका पाँचजना प्रहरीमाथि स्थानीयले ढुंगामुढा भएको हो । गाउँमा पुगेको प्रहरी टोलीलाई स्थानीयले एक किलोमिटर लखेटेका थिए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);