मुलुकमा भ्रष्टाचार मौलायोः पौडेल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

सुनसरी, २२ भदौ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकमा भष्ट्राचार बढिरहेको भन्दै त्यसविरुद्ध प्रभावकारी आन्दोलन गर्नुपर्ने बताएका छन् ।

 

बिहीबार सुनसरीको इनरुवामा राष्ट्रिय उराँव करम महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडलले भ्रष्टाचारविरुद्धको आन्दोलनमा आफू पनि संलग्न हुने प्रतिबद्धता पनि जनाएका छन् । केही दिनअघि निर्वाचनसम्बन्धी विधेयक बहसमा रहेका बेला काँग्रेसकै केही सांसदहरु भ्रष्टाचारीका पक्षमा उभिएको सन्दर्भलाई संकेत गर्दै नेता पौडेलले यस्तो अभिव्यक्ति दिएका हुन् । यद्यपी उनले भ्रष्टाचारीका पक्षमा उभिने आफ्ना पार्टीका सांसदहरुको खुलेर आलोचना भने गरेका थिएनन् । उनले मुलुकबाट भ्रष्टाचारीलाई बढार्नुपर्नेमा उल्टै पश्रय दिने प्रयास हुनु दुखद भएको टिप्पणी पनि गरेका छन् ।

भ्रष्टाचारविरुद्धको अभियानलाई प्रभावकारी बनाउन सके मुलुकमा पाँच वर्षभित्र कायापलट हुने उनको दाबी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);