नेकपामा ओली र दाहालबीच सबै बिषयमा जुट्यो सहमति | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

नेकपामा ओली र दाहालबीच सबै बिषयमा जुट्यो सहमति

ko oli prachanda

काठमाडौं, १ साउन । नेकपाको पार्टी एकताका सबै विषयमा सहमति जुटेको छ  ।

मंगलबार बसेको अध्यक्षद्वयको बैठकले जिल्लाका इन्चार्ज, सहइन्चार्ज, केन्द्रीय विभागसहित केन्द्रीय नेताको कार्यबिभाजन, अनुशासन आयोगलगायत केन्द्रीय निकायको विवाद मिलाएपछि एकताका बिषयमा सहमती जुटेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको बैठकमा एकताका सबै काम टुंग्याउनेगरी सहमती भएको हो । अध्यक्षद्वयबीच भएको सहमतिलाई पार्टी सचिवालय र स्थायी कमिटीको औपचारिक बैठक बसेर अनुमोदन गर्ने जनाइएको छ । नेताहरूको आन्तरिक गुटबन्दीका कारण १३ महिनासम्म नेकपाको एकीकरणसम्बन्धी काम टुंगिन सकेको थिएन ।

केन्द्रीय नेता कामविहीन भई बस्नुपर्ने अवस्था थियो । नेताहरूबीच निकै लामो रस्साकसीपछि जिल्ला इन्चार्जका रूपमा तत्कालीन एमाले र माओवादी केन्द्रकै पूर्वइन्चार्जलाई जिम्मेवारी दिने सहमति बनेको छ । नयाँ व्यक्ति कसलाई लैजाने भन्नेमा शीर्ष नेताबीच नै विवाद भएर लामो समयसम्म इन्चार्ज तोक्न नसक्ने अवस्था आएपछि विकल्पमा पूर्वइन्चार्जलाई नै जिम्मेवारी दिने विधि तय भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);