दलीय भागबन्डाले गुम्दै विश्वविद्यालयको साख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

दलीय भागबन्डाले गुम्दै विश्वविद्यालयको साख

काठमाडौं, २७ असार । पदाधिकारी रिक्त हुने समय नजिकिँदै गर्दा त्रिभुवन विश्वविद्यालयमा ‘भाग शान्ति’को संस्कार दोहोरिन्छ वा दोहोरिँदैन भन्ने चासो र चिन्ताको विषय बनेको छ ।

स्थापनाको ६०औँ वार्षिक दिवस मनाइरहँदा दलीय भागबन्डाले त्रिभुवन विश्वविद्यालयको साख र विद्यार्थीको उत्साह गुम्दै गएको छ । स्वार्थ बाझिँदा केही समयअघिसम्म पदाधिकारीहरू तीन ध्रुवमा विभाजित भए र पानी बाराबारको अवस्था रह्यो । पदावधि सकिन लाग्दा बोलचाल सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले त्रिवि कुनै पनि दलको बिर्ता नभएको टिप्पणी गर्दै भन्नुभयो, “दलहरूले जथाभावी गर्न पाउँदैनन् । ”

नेपाली काँग्रेस सरकारमा रहेका बखत त्रिविका उपकुलपति डा। तीर्थराज खनियाँ नियुक्त हुनुभयो । लोकतन्त्रपछि दलीय भागबन्डा झाँगिँदै गएको त्रिविमा उहाँको नियुक्तिपछि शिक्षाध्यक्ष र रजिस्ट्रार लोकतान्त्रिक आन्दोलनका साझेदारका रूपमा रहेका तत्कालीन नेकपा एमाले तथा एनेकपा माओवादीको भागमा छुट्ट्याइयो । फलस्वरूप एमालेका तर्फबाट डिल्लीराम उप्रेती रजिस्ट्रारमा र माओवादीका तर्फबाट सुधा त्रिपाठी शिक्षाध्यक्षमा नियुक्त हुनुभयो ।

उहाँहरूको नियुक्तिपछि डिन, कार्यकारी निर्देशक र क्याम्पस प्रमुखसमेत दलीय भागबन्डाका आधारमा बाँडफाँट गरिए । त्यस बखत एमाले र एमाओवादीका कोटामा जिम्मेवारी पाएकाहरू अब नेकपाका भएका छन् । नेपाली काँग्रेसको भागमा चिकित्साशास्त्र अध्ययन संस्थान, वनविज्ञान अध्ययन संस्थान, कानुन सङ्काय, शिक्षाशास्त्र सङ्काय र कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको डिन नियुक्त गरिए । तत्कालीन एमालेको भागमा इन्जिनियरिङ अध्ययन संस्थान र व्यवस्थापन सङ्कायको एवं तत्कालीन माओवादीको भागमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान र मानविकी तथा सामाजिक सङ्कायको डिन परेको थियो ।

त्रिवि सेवा आयोगका अध्यक्ष तत्कालीन एमालेको र सदस्य काँग्रेसको कोटामा नियुक्त गरिए । व्यावहारिक विज्ञान तथा अनुसन्धान केन्द्र (रिकास्ट), अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र र शिक्षण अस्पतालको कार्यकारी निर्देशक एमालेको भागमा, नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास), योजना निर्देशनालय, बीपी कोइराला नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशक र परीक्षा नियन्त्रक काँग्रेसको भागमा, अनुगमन निर्देशनालय र गुणस्तर प्रत्यायन केन्द्र तत्कालीन माओवादीको भागमा एवं आर्थिक प्रशासन तथा विकास अनुसन्धान केन्द्र ९सेडा० र पाठ्यक्रम विकास केन्द्र मधेसवादी दलको भागमा परेको छ ।

उपत्यकाभित्रका त्रिवि आङ्गिक क्याम्पसका प्रमुख पनि दलीय भागबन्डाका आधारमा कोटा निर्धारण गरी सम्बन्धित दलको सिफारिसमा प्राध्यापकहरू नियुक्त गरिएका छन् । पद्मकन्या क्याम्पस, त्रिचन्द्र क्याम्पस, शङ्करदेव क्याम्पस, जनप्रशासन क्याम्पस, थापाथली क्याम्पस, पाटन क्याम्पस र पब्लिक युथ क्याम्पस काँग्रेसको भागमा परेको थियो ।

विश्वविद्यालय क्याम्पस, आरआर क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पस र सरस्वती क्याम्पस तत्कालीन एमालेको भागमा एवं विश्वभाषा क्याम्पस, भक्तपुर क्याम्पस, सानोठिमी क्याम्पस, ल क्याम्पस र अमृत साइन्स क्याम्पस तत्कालीन माओवादीको भागमा पारिएको थियो ।

रोचक कुरा के छ भने प्रमुखको जिम्मेवारी पाएका कुनै प्राध्यापक अवकाश भएमा वा छाडेमा जसको भागमा सो निकाय परेको छ, सोही दलका प्राध्यापकले जिम्मेवारी पाउने संस्कृति विकास गरिएको छ । वि।सं। २०४८ मा त्रिविका उपकुलपति बन्नुभएका माथेमाले आफू उपकुलपतिमा नियुक्त भएपछि बाँकी पदाधिकारीमा भागबन्डा गर्नुपर्ने प्रस्ताव आएको सुनाउँदै भन्नुभयो, “साथीहरूले भागबन्डा गर्नुप¥यो भन्नुभयो । मैले काम गर्नुस् भनँे । उहाँहरूले उसो भए राजीनामा दिन्छौँ भन्नुभयो र राजीनामा दिएर जानुभयो । ” यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);