नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबलको क्वाटरफाईनलमा | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबलको क्वाटरफाईनलमा

afcon

एजेन्सी, २२ असार । क्यामरुनलाई हराउँदै नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । ईजिप्टमा भएको खेलमा नाईजेरियालाई विजयी गराउन ओडियोन ईघालोले दुई गोल गर्दा अलेक्स ईओबीले एक गोल थपेका थिए ।

पराजित टोली क्यामरुनका स्टेफेन बोहोकेन र क्लीन्टन निहेले एक एक गोल गरेका थिए ।

अफ्रिका कप फुटबलकै अर्को खेलमा आयोजक ईजिप्टलाई हराउँदै दक्षिण अफ्रिका पनि क्वाटरफाईनलमा प्रवेश गरेको छ । खेलमा दक्षिण अफ्रिकालाई विजयी गराउन थेम्बीनकोसी लोर्चले ८५ औं मिनेटमा निर्णायक गोल गरे ।

हारसँगै अफ्रिका कपको सार्वा्धिक सफल टोली ईजिप्टको यो संस्करणको यात्रामा पूर्णविराम लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);