काठमाडौं, २२ असार । शे-फोक्सुण्डो गाउँपालिका ४ मा पर्ने राहप गुम्बाबाट मुर्ति चोरीको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका तीन जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
पुरानावेदन अदालत जुम्लाले मद्दा उल्टाएपछि उनीहरुलाई पुनः पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोल्पो बुद्ध गाउँपालिका वडा नं ३ बस्ने गाउँपालिकाका उपाध्यक्ष वर्ष ४५ का मलामटासी गुरुङ, वडा नं ५ बस्ने वर्ष ४० का वडा अध्यक्ष कार्मा गुरुङ र वडा नं १ बस्ने वर्ष ३९ का झ्याम्पा छुल्डिम लामा रहेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले जानकारी दिए ।
उनीहरुलाई यसअघि पक्राउ गरेर धरौटीमा रिहाइ गरिएको थियो । आरोपित तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको प्रहरीले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।