बजेट सिध्याउने असारे विकासले जनता आजित | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

बजेट सिध्याउने असारे विकासले जनता आजित

asarebikash dang

दाङ, २१ असार ।  आर्थिक वर्षको अन्त्यमा हुने ‘असारे विकास’ को पुरानो प्रचलन तोड्न हरेक वर्ष सरकारी योजना बन्छन्। बजेट सिध्याउनका लागि गरिने यस्ता विकासे गतिविधिमा ‘आर्थिक लाभ’ प्राप्तिको नियत छँदैछ, गुणस्तर पनि कमजोर हुने गर्छ। यस्तो पृष्ठभूमिमा संघीयदेखि स्थानीय तहसम्मका सरकारले यस आर्थिक वर्षमा पनि असारे विकासको पुरानो रोग निको पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए तर व्यवहारमा त्यो अनुभूत गर्न पाइएन।

दाङको घोराही उपमहानगरपालिकाले पनि यसवर्ष असारे विकासका नाममा हुने चटारोे र अनियमितता शृंखला तोड्न विशेष रणनीति बनाउने भन्दै खुबै प्रचारबाजी गरेको थियो। तर आफ्नै प्रतिबद्धताविपरीत उपमहानगरपालिकाले अहिले घोराही बजार क्षेत्रमा मात्रै लाखौंको बजेट पोखिरहेको छ। घोराहीमा हतारमा विकास बजेट भुइँमा खन्याइएको मात्र छैन, मर्मतका नाममा चल्तीका सडकमा ‘धराप’समेत थापिएको छ।

घोराही बजार क्षेत्रका सडक मर्मत गर्ने भन्दै सडकमा गिटी मात्रै खन्याइएको छ, जुन सवारीचालकका लागि धराप बनिरहेको छ। मूल सडकमा थापिएको यस्तो धरापमा परेर दिनहुँ चार–पाँच सवारी दुर्घटना भइरहेका छन्।

‘यो कस्तो विकास हो ? विकासका नाममा घोराही बजारका जनताका लागि पासो थापिएको छ,’ घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले भने, ‘दिनहुँ चार–पाँच दुर्घटना यिनै गिटीका कारण भइरहेका छन्, उपमहानगरपालिकाका जनताको जीवनको कुनै मूल्य छैन जस्तो लागिरहेको छ।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);